अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

मुम्वई । भारतको महाराष्ट्रस्थित एक बाल अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ। महाराष्ट्रको भण्डारा जिल्लास्थित अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको हो।

शनिबार बिहान दुई बजे अस्पतालको नवजात शिशु स्याहार केन्द्रमा आगलागी भएको थियो। त्यहाँबाट सात जना शिशुलाई भने सुरक्षित रुपमा उद्धार गरिएको सुरक्षा निकायले जनाएको छ। भण्डारा मुम्बईबाट ९०० किलोमिटर टाढा रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *