USAID

दक्षिण कोरियामा जनसंख्या घट्दो क्रममा, सरकार चिन्तित

  • 4
    Shares

सोल । दक्षिण कारियामा पहिलो पटक जनसंख्या घटेको छ । इतिहासमै पहिलो पटक यो बर्ष देशको जनसंख्या घटेकोमा सरकार चिन्तित बनेको छ । सन् २०२० मा जन्म भन्दा धेरै मृत्यु भएको सरकारी तथ्यांकले देखाएको हो । दक्षिण कोरिया पहिले देखि नै विश्वमा सबैभन्दा कम जन्मदर भएका देशमा पर्छ ।
ताजा आंकडा अनुसार डिसेम्बर अन्त सम्ममा देशको आवादी ५ करोड १८ लाख २९ हजार २३ थियो । त्यस अघिको बर्षको तुलनामा यो २० हजार ८ सय ३८ कम हो । सन् २०२० मा यहाँ २ लाख ७५ हजार ८ सय शिशुको जन्म भयो । यो सन् २०१९ को तुलनामा १० प्रतिशत कम हो । गत बर्ष दक्षिण कोरियामा करिब ३ लाख ७ हजार ७ सय ६४ को मृत्यु भयो । देशको आवादी कयौं दशक देखि हरेक बर्ष बढिरहेको थियो तर बृद्धी दर भने कम भइरहेको थियो । सन् २०१० मा जनसंख्या बृद्धी दर १ दशमलव ४८ थियो जनु सन् २०१९ मा घटेर सुन्य दशमलव सुन्य पाँच (०.०५) प्रतिशतमा झरेको थियो । सन् २०१९ मा दक्षिण कोरियामा जनदर मात्र सुन्य दशमलव ९२ पुगेको थियो ।
बर्तमान आंकडाले दक्षिण कोरियालाई आफ्नो नीतिमा सोच्न बाध्य बनाएको छ । देशको गृह मन्त्रालयले आफ्नो नीतिहरुमा यसलाई लिएर मुलभुत परिवर्तन हुने उल्लेख गरेको छ । एसियाको चौथो ठुलो अर्थब्यवस्थाका लागि घट्दो जनसंख्या र बढ्दो बृद्ध आवादी चिन्ताका विषय बनेको छ । अहिले दक्षिण कोरियामा ६० बर्ष पुगेकाहरुको संख्या कुल आवादीको २४ प्रतिशत पुगेको छ ।

 


  • 4
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *