USAID

चोरीको मोटरसाइकल चढ्ने दुई जना पक्राउ

  • 1
    Share

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरीका माटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पीडित सहायता एकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले सोह्रखुट्टेस्थित सडकबाट धादिङको नीलकण्ठ नगरपालिका–९ मुरलीभन्ज्याङ बस्ने राजन मगर र थाक्रे गाउँपालिका–१ देवीस्थानका राजन तामाङलाई बिहीबार पक्राउ गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईका अनुसार उनीहरु चढेको बा९२प ७६३० नम्बरको मोटरसाइकल नक्कली भएको पाइएको छ । मोटरसाइकलको वास्तविक नम्बर भने प्रदेश ३–०२–०१२प ९८३५ रहेको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिए । उक्त मोटरसाइकल गत वर्ष पुसमा काठमाडौँको सोह्रखुट्टेस्थित सडकबाट हराएको थियो ।

पर्सा ठोरी गाउँपालिका–९ बस्ने पूर्णबहादुर थापाले दिएको निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी बृत्त लैनचौर पठाइएको महाशाखाले जनाएको छ । महाशाखाले चोरीको मोटरसाइकल खोजी अभियान तीव्र पारिरहेको छ ।


  • 1
    Share
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *