सर्लाहीमा मालपोतका नासु र लेखापढी व्यवसायी ११ हजार घुससहित पक्राउ

काठमाडौं । सेवाग्राहीसँग घुस लिँदै गर्दा जिल्ला मालपोत कार्यालय सर्लाहीका नायव सुब्बा र लेखापढी व्यवसायीलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

आयोगको बर्दिबासस्थित कार्यालयबाट गएको टोलीले मालपोत कार्यालय हरिवनका नायव सुब्बा बेदनिधि बराल र लेखापढी व्यवसायी हरिवन नगरपालिका वडा नम्बर २ का रामसुन्दर महतोलाई ११ हजार घुससहित नियन्त्रणमा लिएको हो ।

जग्गाधनी दर्ता प्रमाण पत्रमा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको सूचना एवं उजुरीको आधारमा बर्दिवासबाट गउको टोलीले लेखापढी व्यवसायी महतोलाई सेवाग्राहीबाट ११ हजार रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको र नायब सुब्बा बराललाई मालपोत कार्यालयबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *