१७ वर्षीया युवतीलाई करणी गर्ने थापा पक्राउ

स्याङ्जा । १७ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा स्याङ्जाको भिरकोट नगरपालिका वडा नम्बर ५ घर भई सोही नगरपालिका–६ एक्वार बस्ने आशिष थापालाई प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई विवाह गर्छु भनि ललाई फकाई विभिन्न प्रलोभनमा पारी करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा जिल्ला अदालत स्याङ्जाबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *