तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य बिहीबार प्रतितोला एक हजार ३०० रुपैयाँले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा बिहीबार भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ । यो बुधबारका तुलनामा एक हजार ३०० रुपैयाँले कम हो । छापावाला सुन बुधबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोही सुन बुधबार तोलामा ९६ हजार २०० रुपैयाँमा कारोवार भएको थियो । तेजाबी सुन बुधबारका तुलनामा आज तोलामा नै एक हजार ३०० रुपैयाँले घटेको छ ।

यस्तै चाँदी भने तोलामा १० रुपैयाँले मात्रै ओरालो लागेको छ । प्रतितोला एक हजार ३४० रुपैयाँमा बुधबार कारोवार भएको चाँदी आज भने एक हजार ३३० रुपैयाँमूल्य निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *