USAID

मेस्सीको दुई गोलमा बार्सिलोना विजयी


प्रज्जवल थापा । कप्तान लियोनल मेस्सीले दुई गोल गरेको खेलमा बार्सिलोना विजयी भएको छ । स्पेनिस लिग ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोनाले एथ्लेटिक क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

सान मामेसमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई र पेड्रीले एक गोल गरे । एथ्लेटिकको लागि इनाकी विलियम्स र इकेर मुनियानले समान एक/एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् । खेलको तेस्रो मिनेटमा राहुल गार्सियाको पासमा इनाकी विलियम्सले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएका थिए ।

१४ औँ मिनेटमा फ्रेन्की डियोङको पासमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । ३८ औँ मिनेटमा पेड्रीको पासमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-१ गोलको अग्रता दिलाए । यस्तै ६२ औँ मिनेटमा एन्टोइन ग्रिजम्यानको पासमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए ।

९० औँ मिनेटमा एलेक्स बेरेगुएरको पासमा इकेर मुनियानले गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् । जितसँगै बार्सिलोना १७ खेलमा ३१ अङ्क जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *