USAID

मिलानमाथि युभेन्टसको शानदार जित

  • 731
    Shares

प्रज्जवल थापा । एसी मिलानले लिगमा पहिलो हार बेहोरेको छ । बुधबार राति सिरि ए अन्तर्गत भएको खेलमा मिलान युभेन्टससँग ३-१ गोल अन्तरले पराजित भएको हो ।

मिलानको घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई जित दिलाउन फेड्रिको चिएसाले दुई गोल गर्दा र वेस्टन मिक्केन्नीले एक गोल गरे । खेलको १८ औँ मिनेटमा पाउलो डिबालाको पासमा चिएसाले गोल गर्दै युभेन्टसलाई शुरुवाती अग्रता दिलाएका थिए ।

४१ औँ मिनेटमा राफियल लेनोको पासमा डाभिडे कालब्रियाले गोल गर्दै एसी मिलानलाई १-१ को स्थितिमा ल्याएका थिए । ६२ औँ मिनेटमा डिबालाको पासमा चिएसाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई फेरि अग्रता दिलाए । ७६ औँ मिनेटमा डेजान कुलेसेभ्सकीको पासमा वेस्टन मिक्केन्नीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए ।

बाँकी समयमा थप गोल हुन नसक्दा युभेन्टस ३-१ गोल अन्तरले विजयी भयो । जितसँगै युभेन्टस १५ खेलमा ३० अङ्क जोड्दै चौथो स्थानमा उक्लिएको छ । पराजित मिलान १६ खेलमा ३७ अङ्कको साथ शिर्ष स्थानमा यथावत छ ।


  • 731
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *