दाङमा नदीजन्य पदार्थ उत्खनन खुल्ला

दाङ । दाङमा नदीजन्य पदार्थ उत्खनन खुल्ला गरिएको छ । जिल्ला अनुगमन समितिको आज बसेको बैठकले विकास निर्माणको समयमा नदीजन्य पदार्थमा रोक लगाउँदा विकास अवरुद्ध भएको भन्दै खुलाउने निर्णय गरेको हो ।

बैठकले नदीजन्य पदार्थको उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ ले तोकेको मापदण्ड तथा सर्तहरुको अधीनमा रहेर पालिकाहरुले व्यवस्थापन गर्ने निर्णय गरेको अुनगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताए ।

त्यसैगरी बैठकले लुम्बिनी प्रदेश सरकारले तोकेको प्राकृतिक स्रोत शुल्कलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले विगतमा लिँदै आएको शुल्कमा थप परिमार्जन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *