USAID

नेपाली सेनाको गोरखा-काठमाडौं एकीकरण पदयात्रा सुरु

  • 5
    Shares

गोरखा । नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा-काठमाडौं एकीकरण मार्गमा पदयात्रा सुरु गरेको छ । मंगलबार गोरखा दरबारको हनुमान भञ्ज्याङबाट यात्रा सुरु भएको हो ।

सहसेनानी दल बहादुर थापाको नेतृत्वमा ४० जनाको टोली पदयात्रामा सहभागी छ । नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज) का झण्डाहरु लिएर पृथ्वी नारायण शाहकालीन पोशाकमा बाजागाजा सहित टोली यात्रामा निस्किएको रणसिंह दल गणका गणपती उज्वल केसीले जानकारी दिए ।

गोरखा दरबारबाट सुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौं पुग्ने छ । उनका अनुसार यो टोलीले गोरखा नगरपालिकाको ताप्ले, भीमसेन थापा गाउापालिको अश्राङ, बोर्लाङ हुँदै बुंकोटघाट पुगेर धादिङको देविदत्त गणलाई टर्च र झण्डा बुझाएर फर्कन्छ ।

त्यसपछि त्यो टोलीले नुवाकोटको जबरजंग गणलाई बुझाउँछ र काठमाडौंको पल्टनलाई बुझाउन नुवाकोटको टोली पुस २६ गते काठमाडौं पुग्छ । टर्च र झण्डासहित काठमाडौंको पल्टन पुस २७ गते पृथ्वी जयन्तीको दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुनेछ ।


  • 5
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *