USAID

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदै


काठमाडौ । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदै छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि बोलाइएको विशेष अधिवेशनमा कोरोना भाइरसको महामारीका विषयमा छलफल हुनेछ ।

संवैधानिक व्यवस्थाअनुसार कांग्रेस र जनता समाजवादी पार्टीले विशेष अधिवेशन आह्वानका लागि ३० मंसिरमा निवेदन दिएका थिए । संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैअनुरूप कांग्रेसका १५ र जसपाका दुई सदस्यले दिएको निवेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो एक बजे विशेष अधिवशेन आह्वान गरेका हुन् ।

नेकपामा आएको विभाजनले अन्य प्रदेशमा सरकार फेरबदलको चलखेल भए पनि गण्डकीमा भने त्यसको असर परेको छैन । ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेकपाका सभामुखबाहेक ३९ सदस्य छन् । जसमध्ये ओली पक्षका २७ र प्रचण्ड–नेपाल पक्षका १२ जना छन् । त्यस्तै, कांग्रेसका १५, जनमोर्चाका तीन र जसपाका दुई सदस्य छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *