USAID

शीर्ष स्थानको लिभरपुल साउथह्याप्टनसँग स्तब्ध

  • 2
    Shares

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल साउथह्याप्टनसँग स्तब्ध भएको छ । सोमबार राति भएको खेलमा लिभरपुल साउथह्याप्टनसँग १-० गोलले पराजित भएको हो ।

सेन्ट म्यारी रंगशालामा भएको खेलमा घरेलु टोलीको लागि ड्यानी इङ्सले खेलको शुरूवातमै गरेको गोल निर्णायक बन्यो । खेलको दोस्रो मिनेटमा वार्ड प्रोसेको पासमा इङ्सले गोल गर्दै साउथह्याप्टनलाई अगाडी बढाएका थिए ।

लिभरपुलले गोल गर्ने थुप्रै अवसर सिर्जना गरेपनि जाली चुमाउन नसक्दा हार बेहोर्न बाध्य भयो । हारका बाबजुत लिभरपुल १७ खेलमा ३३ अङ्क जोड्दै शिर्ष स्थानमा यथावत छ । यस्तै साउथह्याप्टन १७ खेलमा २९ अङ्क जोड्दै छैटौं स्थानमा उक्लिएको छ ।


  • 2
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *