USAID

बाँकेको घुम्ती पसलमा पेस्तोलको कारोबार

  • 13
    Shares

बाँके । दीपककुमार चौधरी (वर्मा) ले सञ्चालन गरेको घुम्ती पसलमा अवैधरूपमा हतियारको कारोबार भइरहेको प्रहरीलाई सूचना आयो । प्रहरी पसलमा पुग्यो । पसलमा बसिरहेका चौधरीलाई प्रहरीले छामछुम ग¥यो । प्रहरीले चौधरीको दायाँ कम्मरमा बेल्टले च्यापेर राखेको कटुवा पेस्तोल बरामद ग¥यो । बाँके डुडुवा गाउँपालिका–१ का १९ वर्षीय चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।

सीमावर्ती जिल्ला बाँकेमा कटुवा पेस्तोलको कारोबार हुने गरेको घटनाहरूले देखाइरहन्छन् । २० हजारमा कटुवा पेस्तोल खरिद–बिक्री हुने गरेको पाइन्छ । बाँके प्रहरीले पछिल्लो ६ महिनामा तीन थान कटुवा पेस्तोल र १० राउन्ड गोली, ५ थान भरुवा बन्दुक बरामद गरेको छ । बन्दुकसहित सात पुरुष र एक महिलालाई पक्राउ गरेको एसपी ओमबहादुर रानाले जानकारी दिए ।


  • 13
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *