प्रदेशसभा पनि विघटन हुनसक्छः मन्त्री तुम्बाहाम्फे

विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले प्रदेशसभा पनि विघटन हुने सम्भावना रहेको बताएकी छन् । प्रेस संगठन मोरङले विराटनगरमा सोमबार गरेको पत्रकार सम्मेलनमा तुम्बाहाम्फेले राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशसभामा पनि परेकाले संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार प्रदेशसभा विघटन हुन सक्ने बताएकी हुन् ।

मन्त्री तुम्बाहाम्फेले निर्वाचन समयमै हुने दाबी पनि गरिन् । ‘निर्वाचन आयोगले आफ्ना काम गरिरहेको अवस्था छ,’ उनले भनिन्, ‘निर्वाचनका लागि सुरक्षा तयारी भइरहेको र सरकारले आर्थिक व्यवस्थापन पनि गरिसकेकाले समयमै निर्वाचन हुनेमा कसैले पनि शंका नगर्न आग्रह छ ।’ उनले पार्टी एकता र विभाजन आन्तरिक विषय भएकाले कुनै पनि विदेशी शक्तिले हस्तक्षेप गर्न नमिल्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *