५० राउन्ड गोलीसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउन्ड गोलीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट झापाको भद्रपुर जान लागेका बद्रीहाङ राईलाई ५० थान गोलीसहित प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार विमानस्थलमा जाँचका क्रममा राईको ज्याकेटको खल्तीमा ५० राउन्ड गोली फेला परेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *