सिमकोट । पश्चिमी वायुको प्रभावका कारण उच्च पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । हल्का वर्षा र त्यसपछिको हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । हुम्लाको सिमकोट विमानस्थलमा हिमपात भएपछि उडान बन्द भएको छ । जसका कारण तारा एयरका दुई वटा जहाज विमानस्थलमै थन्किएका छन् ।
फोटोः रोयलदन्त ठकुरीको फेसबुकबाट