USAID

युभेन्टसको जितमा रोनाल्डो नायक

  • 614
    Shares

प्रज्जवल थापा । स्टार फर्वार्ड क्रिस्टियानो रोनाल्डोको शानदार प्रदर्शनमा युभेन्टसले नँया वर्षको उत्कृष्ट शुरुवात गरेको छ । आइतबार राति सिरि ए अन्तर्गत भएको खेलमा युभेन्टसले उडिनेसेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान एल्लिनाज एरिनामा भएको खेलमा युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा फेड्रिको चिएसा र पाउलो डिबालाले एक/एक गोल गरे । खेलको ३१ औँ मिनेटमा एरोन राम्सेको पासमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई खेलमा अगाडी बढाएका थिए ।

४९ औँ मिनेटमा रोनाल्डोको पासमा चिएसाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । ७० औँ मिनेटमा रोड्रिगो बेन्टान्चुरको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई ३-० गोलको अग्रता दिलाए ।

९० औँ मिनेटमा मार्भिन जेगेलारले गोल गर्दै उडिनेसेको तर्फबाट सान्तवना गोल गरे । अतिरिक्त समयको तेस्रो मिनेटमा डानिलोको पासमा पाउलो डिबालाले गोल गर्दै युभेन्टसलाई ४-१ गोलको शानदार जित दिलाए । जितसँगै युभेन्टस १४ खेलमा २७ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ ।


  • 614
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *