USAID

पार्टीभित्रैबाट फुटको अवस्था आयो : महासचिव पौडेल

  • 1
    Share

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्षविरुद्ध प्रस्तुत गरेको ‘आरोपपत्र’ नै पार्टी विभाजनको प्रमुख आधार भएको बताएका छन् ।

उनले पार्टीभित्र देखिएका समस्या सैद्धान्तिक नभएका भन्दै पार्टीका कार्यकारी अध्यक्षका रुपमा रहनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रका केही महत्वाकांक्षी नेतालाई साथमा लिएर प्रधानमन्त्री ओलीलाई पदच्युत गर्न खोज्दा नै समस्या उत्पन्न भएको बताए । उनले भने, “सत्ता, शक्ति र पदीय महत्वाकांक्षाकै कारण पार्टीमा समस्या सिर्जना भएको हो ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पौडेलले नेकपामाथि कुनै बाहिरका व्यक्तिले नभएर पार्टी भित्रैबाट धारिलो हतियार प्रहार हुँदा फुटको अवस्थामा पार्टी पुगेको बताए ।

उनले कम्युनिष्ट आन्दोलनको गतिलाई अध्यक्ष प्रचण्डको बैठकभित्र एउटा निर्णय गर्ने र बाहिर अर्कै कुरा गर्ने गरेकाले पार्टी एकतालाई बचाउन नसकिएको समेत बताए । उनले भने, “प्रचण्डले बैठकमा पार्टी एकताको सहमति गर्ने तर बाहिर निस्कनासाथ प्रधानमन्त्रीको सपना देख्ने, एकल अध्यक्षको आकांक्षा राख्ने गरेकाले समस्या आएको हो ।”

पौडेलले वर्तमान सरकारले पार्टीभित्रबाट असहयोग हुँदा पनि तीन वर्षमा हालसम्मकै सबैभन्दा धेरै समृद्धि हासिल गरेको जानकारी दिए । उनले निर्वाचन नहुने भ्रममा नरहन कार्यकर्तालाई आग्रह गर्दै आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाईसहित बहुमत दिलाउने हिसाबले क्रियाशिल हुन पार्टीका अगुवा कार्यकर्तालाई निर्देशन दिए ।

 


  • 1
    Share
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *