मैले पदबाट राजीनामा दिएको छैनः उपाध्यक्ष विष्ट

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफूले पदबाट राजीनामा नदिएको बताएकी छन् । हेटौँडामा आइतबार पत्रकार सम्मेलन गरी आफूले राजीनामा नदिएको स्पष्ट पारेकी हुन् ।

उनले पत्रकार सम्मेलनमा आफूले राजीनामा दिएको भनी समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण भएको र राजीनामा नदिइएको बताइन् । यसअघि आइतबार दिउँसो विष्टले राजीनामा दिएको र अध्यक्षले राजीनामा स्वीकृत गरेको समाचार सार्वजनिक भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *