बहुआयामिक सहकारीको साधारणसभा सुरु

काठमाडौं । बहुआयामिक कृषि बचत तथा ऋण सरकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सुरु भएको छ । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर चारमा रहेको सहकारीको साधारणसभाको आइतबार एक कार्यक्रमकाबीच सहकारीका सल्लाहकार डा. पूर्णप्रसाद मानन्धरले उद्घाटन गरेका छन् ।

साधारणसभा पुस २४ गतेसम्म चल्ने र २५ गते समापन हुने सहकारीका अध्यक्ष ध्रुवप्रसाद खनालले जानकारी दिएका छन् । सहकारीले कोभिडको समयमा समाजिक उत्तरदायित्वअन्तर्गत राहत वितरणको काम गरेको उनले बताए ।

उनले लकडाउनका बेला पनि कार्यालय खोलेर सेवा दिएको जानकारी दिए । सहकारीले प्रत्येक वर्ष २५/३० जना विद्यार्थीलाई छात्रवृत्तिसमेत दिँदै आएको उनले जानकारी दिए ।

२०६५ सालमा ५१ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल १३८१ जना शेयर सदस्य रहेका छन् । सहकारीमा दुई करोड ७५ लाख शेयर पूँजी रहेको छ ३४ करोड बराबरको रकम भएको छ । ऋण असुली र लगानी पनि राम्रो रहेको सहकारीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *