आज युभेन्टस र उडिनेसे भिड्दै

  • 342
    Shares

प्रज्जवल थापा । इटालियन लिग सिरी ए लिग अन्तर्गत नयाँ वर्ष २०२० को पहिलो खेलमा आज साविक विजेता युभेन्टसले उडिसेनेको सामना गर्दै छ । एल्लिनाज एरिनामा हुने खेल नेपाली समय अनुसार राति १:३० बजे शुरु हुनेछ ।

घरेलु मैदानमा हुने खेल जित्दै युभेन्टस विजयी पथमा फर्किन चाहन्छ । लिगको पछिल्लो खेलमा युभेन्टस फिओरेन्टिनासँग ३-० गोल अन्तरले पराजित भएको थियो । लिगमा युभेन्टस शिर्ष स्थानको एसी मिलान भन्दा १० अङ्कले पछि छ । हाल युभेन्टस १३ खेलमा २४ अङ्क जोड्दै लिगको छैटौं स्थानमा छ ।

यता उडिनेसेलेपनि पछिल्लो तीन खेलमा जित निकाल्न सकेको छैन । पछिल्लो खेलमा उडिनेसे बेनेभेन्टोसँग २-० गोलले पराजित भएको थियो । हाल उडिनेसे १३ खेलमा १५ अङ्क जिड्दै लिगको १२ औँ स्थानमा छ ।

दुई टोलिबिच भएको पछिल्लो १९ भेटमा १५ खेल युभेन्टसले जितेको छ भने ३ खेल उडिनेसेले आफ्नो पोल्टामा पारेको छ । गत जुलाईमा भएको खेलमा उडिनेसे २-१ गोलले विजयी भएको थियो ।


  • 342
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *