सनले पूरा गरे टोटेन्हामबाट व्यक्तिगत सय गोल

  • 4
    Shares

प्रज्जवल थापा । साउथ कोरियन स्ट्राइकर ह्युङ मीन सनले टोटेन्हामबाट व्यक्तिगत सयौँ गोल पूरा गरेका छन् । शनिबार लिड्सविरुद्धको खेलमा एक गोल गर्दै सनले उक्त उपलब्धि हासिल गरेका हुन् ।

ह्युङ मीन सन र ह्यारी केनको सनदार प्रदर्शनको मद्दतमा शनिबार टोटेन्हामले लिड्सलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । खेलको ४३ औँ मिनेटमा केनको पासमा सनले गोल गरेका थिए । यस सिजन ह्युङ मीन सन र ह्यारी केनले १३ गोलमा एक अर्कालाई पास उपलब्ध गराएका छन् । यस सिजन प्रिमियर लिगमा सनले गरेको १२ गोल मध्य ९ गोलमा केनले नै पास उपलब्ध गराएका थिए ।

सन् २०१५ मा टोटेन्हाममा आबद्ध भएका सनले टोटेन्हामबाट सबै प्रतियोगितामा गरि कुल २५३ खेलमा १०० गोल गरेका हुन् । उनले प्रिमियर लिगमा मात्र ६५ गोल गरिसकेका छन् । उनले ३५ गोल दाइने खुट्टा र २५ गोल देब्रे खुट्टाबाट गर्दा बाँकी हेडिङ गोल गरेका हुन् ।


  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *