USAID

एसेन्सियो र लुकास चम्किदा रियलको सहज जित

  • 196
    Shares

प्रज्ज्वल थापा । फर्वार्डद्वय मार्को एसेन्सियो र लुकास भास्कवेस चम्केको खेलमा रियल म्याड्रिडले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा म्याड्रिडले सेल्टा भिगोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

अल्फ्रेडो डि स्टेफेनोमा भएको खेलमा घरेलु टोलिलाई जित दिलाउन मार्को एसेन्सियो र लुकास भास्कवेसले एक/एक गोल गरे । खेलको छैटौँ मिनेटमा एसेन्सियोको क्रसमा लुकासले गोल गर्दै म्याड्रिडलाई खेलमा अगाडि बढाएका थिए ।

यस्तै खेलको ५३ औँ मिनेटमा लुकासको पासमा एसेन्सियोले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए । एसेन्सियोको यो सिजनको पहिलो गोल हो । बाँकी समयमा थप गोल हुन नसक्दा रियल २-० गोल अन्तरले विजयी हो ।

जितसँगै रियल म्याड्रिड १७ खेलमा ३६ अङ्क जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । तीन खेल कम खेलेको एथ्लेटिको म्याड्रिड ३५ अङ्कको साथ दोस्रो स्थानमा छ ।


  • 196
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *