USAID

तेस्रो धारको नेतृत्व गर्दै वामदेव

  • 3
    Shares

काठमाडौं । व्यक्तिगत लाभ हानिका कारण विभाजन भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा वामदेव गौतमले पार्टीलाई एकताको सूत्रमा बाँध्ने काम शुरु गरेका छन् । दुई खेमामा विभाजित भएका नेताहरुलाई एकै ठाउंँमा ल्याउने प्रयास असफल भए तेस्रो धारको नेतृत्व गरेर निरास भएर बसेका गाउँगाउँका कार्यकर्तालाई संगठित गर्ने उनले बताएका छन् ।

पार्टी विभाजनमा दुवै पक्षको भूमिका बरावर रहेको बताउँदै आएका गौतमले पुष्पकमल दाहाल प्रचण्डलाई पछिल्लोपटक भेटेर आफू एक नेकपाको पक्षमा रहेको बताउनुले पनि उनको भूमिका पछिल्लोपटक समन्वयकारी नै देखिएको छ । आफ्नो मतमा सहमत हुने नेता तथा कार्यकर्तासँग छलफल शुरु गरेका गौतमले पार्टी विभाजनपछि दुई–तीनपटक प्रचण्ड खेमाका नेताहरुसँग भेट गरे पनि अहिलेसम्म बालुवाटार भने प्रवेश गरी सकेका छैनन् । गौतमले एक समूहले अर्को समूहलाई खुइल्याउने कामप्रति असहमति जनाएका छन भने दुवै खेमाका नेतालाई संयमता अपनाउन आग्रह गरेका छन ।

अहिले प्रचण्ड समूहले राष्ट्रपतिविरुद्ध व्यक्त गरेका अभिव्यक्तिप्रति आम जनताले असहमति जनाइरहेका बेला गौतमले समेत त्यस्ता अराजनीतिक अभिव्यक्ति नदिन पनि आग्रह गरेका छन । ‘पार्टीभित्र विमति हुन्छन्, यो कम्युनिस्टहरुको चरित्र नै हो’ गौतमले भने ।

हिजोसम्म महान् भएका व्यक्ति विचार नमिल्नासाथ कुलङ्गार भन्ने प्रवृत्तिको विरोधमा रहेका नेता गौतमले २०५६ सालमा पार्टी विभाजन गर्दा भोगेको पीडाले आफूलाई अहिले पनि पछुतो बनाइरहेको बताएका छन । गौतमले सकेसम्म पार्टी एकीरणमा नै आफ्नो भूमिका रहने र आम मतदाता तथा कार्यकर्ताको चाहना पनि एक कम्युनिस्ट पार्टीको रहेकाले आफूले त्यही विचार र बाटो अवलम्बन गर्ने बताएका छन ।

अहिलेको विवादलाई सैद्धान्तिकभन्दा पनि व्यक्तिवादी चरित्रले काम गरेको निष्कर्षममा पुग्नुभएका गौतमले दुवै पार्टी एक नभए तेस्रो धारको नेतृत्व गरेर जनतामा जाने र आफूले गरेको प्रयत्नका बारेमा जनतालाई बुझाउने बताएका छन । सर्वोच्च अदालतले विघटित संघीय संसद्लाई पुनस्र्थापना गरेन भने गौतमले तेस्रो धारको नेतृत्व गर्ने प्रबल संभावना रहेको छ । उनको चाहना पनि संसद् पुनःस्थापना होस् भन्ने नै रहेको देखिन्छ । उनले व्यक्तिगत लाभ हानिलाई हेरेर प्रतिनिधिसभा विघटन गरेको निष्कर्ष निकाल्दै दुवै समूहको अराजनीतिका कारण पार्टी विभाजन भएको निष्कर्ष निकालेका छन ।

उनले विभाजित दुई खेमा मिल्ने देखेर नै अहिले आफूले अभियान चलाएको र यो अभियान सफल हुनेमा आफु ढुक्क रहेको दाबी गर्दै आएका छन् । कथम्कदाचित पार्टी एक हुन नसकेको खण्डमा भने गौतमले तेस्रो धारको नेतृत्व गर्ने पक्कापक्की जस्तै भएको छ । पार्टी एक नभए आफू बहुदलीय जनवादको नारालाई लिएर जनताकहाँ जाने र त्यहींबाट नै जनमत लिने गौतमले तयारीसमेत गरेका छन ।


  • 3
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *