USAID

दमकमा राजनीतिक भेटघाट गर्दै पूर्वराजा ज्ञानेन्द्र

  • 16
    Shares

काठमाडौं । परिवारसहित दमक पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले राजावादी र अन्य दलका नेतासँगको सुटुक्क भेटघाट गर्ने भएका छन् । राप्रपालगायत केही राजावादी दलका नेताले सडकबाटै नेपालमा हिन्दु अधिराज्य र राजतन्त्रको वकालत भइरहेको अवस्थामा मुलुकको गतिविधिबारे सूक्ष्म अध्ययन गर्न दमक पुगेका पूर्वराजा ज्ञानेन्द्रले त्यहींबाट महत्वपूर्ण भेटघाट गर्ने भएका हुन् ।

उच्च स्रोतका अनुसार एक साताअघि आफ्नै स्वामित्वमा रहेको हिमालय टि स्टेटमा निजी सचिव डा. सागर तिमल्सिना र केही आफन्तसँग एकान्तबासमा रहेका ज्ञानेन्द्रले गोप्य भेटघाट गर्ने भएका हुन । “दमक र चियाबगान वरपर केही चहलपहल बढेको छ, उनले यतैबाट महत्वपूर्ण भेटघाट गर्ने तयारी गरेका छन्”् स्रोतले भन्यो ।

पूर्वराजा ज्ञानेन्द्रले भेट गर्न चाहने व्यक्तिलाई निजी सचिव तिमल्सिनामार्फत, संवाद सचिव डा. फाणीराज पाठकलाई खबर गर्ने र पाठकले भेट गर्ने नेतालाई सम्पर्क गरी दमकमा भ्रमणको व्यवस्थापन गर्ने तयारी भइरहेको छ । केही दिनपछि भेटघाट शुरु बताइएको छ । जाडो छल्ले वहानामा लामो समयका लागि परिवारसहित दमक आएका ज्ञानेन्द्रले भ्रमणलाई महत्वपूर्ण भेटघाटमा केन्द्रित गरेका छन् ।

अघिल्ला भ्रमणमा दमकबाटै भारत पुगेका भए पनि यसपालीको भ्रमणमा उनी भारत जाने वा नजाने भन्ने निर्णय भइसकेको छैन । तर भारत भ्रमणको विषयमा समेत छलफल भइरहेको छ ।

दुई तिहाइको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको राप्रपाले खुलेरै राजा ल्याउने उद्घोष गरिसकेको छ । पहिला हिन्दु अधिराज्यको माग गर्ने र सोहीमार्फत राजतन्त्र ल्याउने तयारी गरिरहेका राजावादीले राजधानीलगायत देशका विभिन्न जिल्लामा आन्दोलन गरिरहेका छन् ।

सोही मौका छोपेर पछिल्लो अवस्थाबारे अध्ययन गरिरहेका पूर्वराजा शाहले सुटुक्क रणनीति बनाइरहेको आँकलन गरिएको छ । यो भ्रमणमा सबै तहका नेतासँग भेट गरी रणनीति बनाउने विषयमा छलफल जारी रहेको स्रोतको दाबी छ । ज्ञानेन्द्र शाह १२ गते र उनको सुरक्षार्थ खटिएको टोली ८ गते दमक पुगेको थियो । टोलीले ज्ञानेन्द्र दमक आउनुअघि सबै क्षेत्रको रेकी गरेको खवर नेपाल समाचारपत्रमा लेखिएको छ ।


  • 16
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *