संसद विघटन सरकारको असफलताः वैद्य

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले संसद विघटन गर्नु सरकारको असफलता भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै वैद्यले प्रधानमन्त्रीको दम्भका कारण संसद विघटन भएको बताएका हुन् ।

उनले संसद विघटन पछि मुलुक थप संकटमा पुगेको र उपलव्धी नै गुम्ने खतरा सिर्जना भएको तर्क गरे । संविधान अनुसार सरकार बनाएपनि नेकपाले संविधानलाई नै प्रहार गरेको उनको भनाई थियो ।

वर्तमान संकटको वास्तविक निकास, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधानका निम्ति संघीय जनगणतन्त्रको स्थापनार्थ कार्यगत एकता गरिने उनले उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *