दाङमा बँदेलको आक्रमणबाट चार जना घाइते

दाङ । दाङम बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् । घाइते हुनेमा लमही नगरपालिका–१ बरूवागाउँका ४० वर्षीया हिरादेवी चौधरी, वडा नम्बर २ डोडहीका आठ वर्षीय शिरीष गिरी, सोही ठाउँका ५५ वर्षीया धनिया चौधरी र ३० वर्षीय मिठ्ठु चौधरी रहेका छन् ।

घाँस दाउरा काट्न शनिबार बिहान १० बजेतिर नजिकैको सामुदायिक वनमा गएको बेला बँदेलको आक्रमणबाट उनीहरु घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइतेमध्ये शिरीष र मिठ्ठुलाई लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल सिफारिस गरिएको छ । धनियाँ र हिरादेवी चौधरीको लमहीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *