USAID

अब पार्टीलाई विभाजनबाट जोगाउन असम्भवः महासचिव पौडेल


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपालाई अब विभाजनबाट जोगाउन सम्भव नभएको बताएका छन् । शनिबार पार्टीको वागमती प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले प्रचण्ड र माधव नेपाल नै पार्टी विभाजन गर्न लागिपरेको भन्दै अब विभाजनबाट जोगाउन सम्भव नभएको बताएका हुन् ।

उनले संविधानअनुसार लोकतन्त्रमा प्रधानमन्त्रीले मध्यावधि चुनावमा जाने गरेको निर्णय उचित भएकाले अब कसैले पनि रोक्न नसक्ने तर्क गरे । आफ्नै पार्टीको घेराबन्दी र असहयोगका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको उनको भनाई थियो ।

सरकारको लोकप्रिय काम पार्टीकै नेताहरूलाई अपच भएपछि जनतामा जाने गरी प्रतिनिधिसभा विघटन भएको पौडेलले बताए । नेकपाका अर्का अध्यक्ष प्रचण्डले पार्टीको सचिवालय बैठकमा पेस गरेका आरोपपत्र नै पार्टी विभाजनको मुख्य कारण रहेको आरोप पनि लगाए । प्रचण्डले आफू प्रधानमन्त्री बन्नकै लागि ओलीलाई हटाउन खोजेको उनको भनाई थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *