राजनीतिक दुर्घटना रोक्न प्रतिनिधिसभा विघटनः गृहमन्त्री थापा

  • 1
    Share

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक कू रोक्न प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् । शनिबार काठमाडौंमा नेकपाको विशेष भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले संसद भित्र निम्तिन लागेको राजनीतिक कू लाई रोक्न प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका हुन् ।

उनले स्थिरताको संयन्त्रको रुपमा रहेको संसद आफ्नै पार्टीका केही साथीहरुको अडानका कारण अस्थिरताको संयन्त्रमा परिणत भएको बताए ।

उनले भने, ‘राजनीतिक कु लाई रोक्ने प्रतिगमनलाई रोक्ने यो एउटा ठूलो राजनीतिक कदम हो । अहिले एउटा बहस छ । यो बहस अदालतमा पुगेको छ । यो कदम उठाउनु संवैधानिक थियो की असंवैधानिक थियो । यो अग्रगामी कदम हो की यो प्रतिगामी कदम हो भन्ने कुरा अदालतले फैसला गर्छ तर यो अग्रगामी कदम हो ।’ उनले प्रधानमन्त्रीको कदमको पक्षमा अदालतले फैसला दिने विश्वास समेत व्यक्त गरेका छन् ।

 


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *