अमेरिकाले तीन चिनियाँ कम्पनीको शेयर कारोबार बन्द गर्ने

  • 1
    Share

अमेरिकाको न्यूयोर्क स्टक एक्सचेन्जले सेनासँग सम्बन्ध भएको आरोप लागेका तीन चिनियाँ दूरसञ्चार कम्पनीहरूलाई सूचीबाट निकाल्ने भएको छ । ट्रम्प प्रशासनले तारो बनाएका तीनै कम्पनी चाइना मोबाइल, चाइना टेलिकम र चाइना युनिकम हङ्कङका शेयरहरू अर्को सातादेखि त्यहाँ कारोबार नहुने भएको छ ।

तीनै कम्पनीले आफ्नो सबै आय चीनमा गर्ने र अमेरिकामा कुनै महत्त्वपूर्ण उपस्थिति नभएको बताइएको छ । सूचीबाट हटाउने प्रक्रियालाई अमेरिका र चीनबीचको बढ्दो तनावको साङ्केतिक कारबाही मानिएको छ । तीनै कम्पनीको शेयर अमेरिकामा विरलै कारोबार हुनेमा पर्छ। राज्य नियन्त्रित ती कम्पनीहरूले चीनमा दूरसञ्चार क्षेत्रमा हैकम चलाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नोभेम्बरमा चिनियाँ सेनासँग सम्बन्ध भएका चिनियाँ कम्पनीमा लगानी गर्न अमेरिकीहरूलाई रोक्ने नियम जारी गरेका थिए । न्यूयोर्क स्टक एक्सचेन्जले जनवरी ७ देखि ११ भित्र ती कम्पनीहरूको शेयर कारोबार बन्द गर्ने बताएको छ । हाल न्यूयोर्क स्टक एक्सचेन्जमा २०० भन्दा बढी चिनियाँ कम्पनीहरू सूचीकृत छन्।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *