एक अर्ब ३२ करोड भन्दा बढीको नक्कली भ्याट बिल जारी गरेको अभियोगमा २८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । राजश्व अनुसन्धान विभागले मूल्य अधिवृद्धि कर (भ्याट) को नक्कली विजक जारी गरी ठगी गरेको आरोपमा २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ बराबरको झुट्टा विजक जारी गरेको आरोपमा काठमाडौँ सीतापाइलास्थित पद्म कोलनीमा बस्ने रामकिशोर प्रसादसहित २८ जनाविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो ।

प्रसादको कम्पनी मोहन ट्रेड इन्टरनेशनलसहित अन्य २६ व्यावसायिक फर्मले एक आपसमा मिलेर आर्थिक अवस्था कमजोर भएका मजदुरलगायतका व्यक्तिको नाममा फर्म दर्ता गरी सञ्चालन गरेको र गलत प्रयोजनाका लागि बैंक खातासमेत खोलेको पाइएको छ ।

आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७५ सम्म उनीहरुले झुट्टा तथा नक्कली विक्री विजक जारी गरी भ्याट छली गरेको पाइएको विभागले जनाएको छ । विभागका अनुसार भ्याटतर्फ ४३ करोड ८१ लाख ८० हजार ३७८, आयकरतर्फ ८६ करोड ५६ लाख एक हजार र लाभांश करतर्फ दुई करोड आठ लाख ३० हजार ४०२ बराबरको राजश्व चुहावट गरेको पाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *