ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनका पिताले फ्रान्सेली नागरिकताका लागि आवेदन दिने

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनका बुवाले फ्रान्सको नागरिकता लिनका लागि आवेदन दन लागेको बताएका छन् । स्टेन्ली जोनसनले फ्रान्सको आरटीएल रेडियोसँग कुरा गर्दै आफ्नी आमा फ्रान्समा जन्मिएकाले आफू फ्रेन्चको रूपमा रहेको बताएका हुन् । ८० वर्षीय उनी कन्जर्भेटिभ दलका तर्फबाट युरोपेली संसद्का पूर्वसदस्य हुन् ।

सन् २०१६ को जनमतसङ्ग्रहमा उनले इयूमै रहनका लागि मतदान गरेका थिए । उनका छोराले इयूबाट बाहिरिने अभियानको नेतृत्व गरेका थिए । अन्ततः प्रधानमन्त्रीका रूपमा उनैले इयूबाट ब्रिटेनलाई बाहिर निकाले ।

स्टेन्ली जोनसनले बिहीवार इयूका व्यापार नियमबाट बेलायत अलग्गिनुभन्दा केही घण्टाअघि फ्रेन्च नागरिकता खोज्नुका आफ्ना कारण कारण खुलाएका थिए । उनले सन् १९७९ मा युरोपेली संसद्को सिट जितेका थिए।

त्यति बेला उक्त संसद्को पहिलो पटक प्रत्यक्ष निर्वाचन भएको थियो । जसकै कारण प्रधानमन्त्री जोनसनले आफ्नो बाल्यकालको एउटा समय ब्रसल्समा बिताएका थिए । ब्रेक्जिटको मुद्दाले जोनसन परिवारलाई विभाजित पारेको छ ।

पत्रकार रहेकी प्रधानमन्त्रीकी बहिनी रचेन जोनसनले सन् २०१७ को चुनावअघि कन्जर्भेटिभ पार्टी छाडेर ब्रेक्जिटविरुद्ध विरोधमा उत्रिएकी थिइन् । कन्जर्भेटिभ दलकै सांसद रहेका भाइ जो जोनसनले इयूसँग नजिकको सम्बन्ध राख्ने विषयमा आफ्नो समर्थन दर्साउन सन् २०१८ मा मन्त्रिपरिषद्बाट राजीनामा दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *