काठमाडौ । चन्द्रागिरी हिल्सले पुस २४ गतेदेखि झण्डै १४ लाख कित्ताआईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीले दोस्रो चरणमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गर्न लागेको हो ।
जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारी तथा ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषकहरुका लागि छ्ट्याइएको छ । कम्पनीले १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारलाई बिक्री गर्ने जनाएको छ ।