- 1Share
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडको प्रभाव अनुमानभन्दा कम देखिएकाले आर्थिक वृद्धि राम्रो हुने बताएका छन ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्यसमितिसँगको भर्चुअल अन्तरक्रियाका क्रममा गभर्नर अधिकारीले केही क्षेत्रबाहेक अधिकांश क्षेत्रमा आर्थिक गतिविधि राम्रो देखिएकाले अबका दिनमा आर्थिक वृद्धि राम्रो हुने बताएका हुन ।
गभर्नर अधिकारीले गत जेठमा ६ प्रतिशत मात्रै उद्योग पूर्ण क्षमतामा सञ्चालनमा भएकोमा हाल ५६÷५७ प्रतिशत उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा रहेको र यसको सकारात्मक असर अर्थतन्त्रमा पर्ने बताए ।
बैंकिङ क्षेत्रबाट पनि मंसिर र पुसमा कर्जा प्रवाह बढेको बताउँदै गभर्नर अधिकारीले भने– ‘मंसिर र पुसमा कर्जाको विस्तारमा प्रगाति राम्रो छ, अब बैंकिङ प्रणालीमा भएको तरलता प्रयोगमा आउँछ ।’ ‘प्रणालीमा भएको अधिक तरलताले गर्दा राष्ट्र बैंकले पुनरकर्जाका लागि उपलब्ध गराएको रकम लैजान बैंकहरुले गाह्रो मानेका छन्, तर अब कर्जा बढ्दै जाँदा पुनरकर्जाको माग र प्रयोग पनि राम्रोसँग हुन्छ’– उनले भने ।
असोजमा मात्रै पुनरर्जाको आवेदन माग भएर कार्तिकमा स्वीकृत भएको तथा आर्थिक पुनरुउत्थान कार्यविधि मंसिरमा मात्रै आएकोले दोस्रो त्रैमासमा नै कुन बैंकले कति योगदान दिए भन्ने स्पस्ट नहुने गभर्नर उनको भनाइ थियो ।
कोभिड पछिको आर्थिक पुनरुउत्थानका लागि गत वर्षको चौथौ त्रैमासमा ब्याजदरमा २ प्रतिशत छुटबाट ९ अर्ब भन्दा बढीको योगदान भएको र हालसम्म ८१ अर्ब पुनरकर्जा स्वीकृत भएको पनि गभर्नर अधिकारीले जानकारी दिए । नेपाल समाचारपत्रबाट
- 1Share