म अझै केही वर्ष खेल्न सक्षम छु:- रोनाल्डो

  • 2.1K
    Shares

प्रज्जवल थापा । युभेन्टसका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफू अझै केही वर्ष खेल्न सक्षम रहेको बताएका छन् । आइतबारमात्र शताब्दीकै उत्कृष्ट खेलाडी घोषित भएका रोनाल्डोले आफू मानसिक र शरिरिक दुवै रुपमा बलियो रहेको बताएका हुन् ।

पोर्चुगिज फर्वार्ड रोनाल्डोले सन् २०२२ मा कतारमा हुने विश्वकप खेल्ने बताएका छन् र खेलबाट सन्यास लिने बारेमा अहिल्यै केही सोच नभएकोपनि जनाएका छन् । यहि फेब्रुअरीमा ३६ वर्ष पुग्ने रोनाल्डो अहिलेपनी उच्च फर्ममा छन् ।

यस्तै रोनाल्डोले पोर्चुगललाई विश्वकप जिताउने सपना रहेको बताएका छन् । उनले भने, ” पोर्चुगललाई एउटा विश्वकप जिताउने मेरो सपना रहेको छ । पोर्चुगलको टोलीमा अहिले राम्रा युवा खेलाडीहरु छन् । त्यसैले टोली थप बलियो बनेको छ । यसअघि रोनाल्डोको कप्तानीमा पोर्चुगलले सन् २०१६ मा युरो कप र सन् २०१९ मा युईएफए नेसन्स लिग जितेको थियो ।

गत सिजन युभेन्टसलाई सिरि ए च्याम्पियन बनाउने क्रममा ३१ गोल गरेका रोनाल्डोले यस सिजनपनि घरेलु लिगमा १० खेलमा १२ गोल गरिसकेका छन् । यस्तै रोनाल्डो यस वर्ष युरोपको शिर्ष पाँच लिगमा सबैभन्दा धेरै गोल खेलाडीको सुचिमा शिर्ष स्थानमा रहे । उनले लिगमा ३३ गोल गरे जुन दोस्रो स्थानमा रहेका लेवाडोस्कीको भन्दा एक गोल बढी हो ।

सन् २०२२ को विश्वकप हुँदा ३७ वर्ष पुग्ने रोनाल्डोले प्रदर्शनमा आफ्नो उमेरले केही फरक नपार्ने बताएका छन् । ग्लोब सकर अवार्ड जितेपछि रोनाल्डोले भने, ” मेरो प्रदर्शनमा उमेरले केही फरक पार्दैन । सबैभन्दा महत्त्वपूर्ण कुरा आफुमा आत्मविश्वास र आफ्नो दिमाग बलियो हुनुपर्छ ।”

“क्रिस्टियानो रोनाल्डो आज राम्रो भएर केही फरक पर्दैन । म अहिले खुशी छु र राम्रो फर्ममापनि छु । त्यसैले म अझै धेरै वर्ष खेल्न चाहन्छु । तर भोलि के हुन्छ कसैलाईपनि थाहा छैन ।” रोनाल्डोले भने ।

डिसेम्बरको सुरुवातमा रोनाल्डोको दुई गोलको सहयोगमा युभेन्टसले बार्सिलोनालाई ३-० गोल अन्तरले हराउँदै समुहको शिर्ष स्थानमा रहेको नकआउट चरणमा प्रवेश गरेको थियो । रोनाल्डो राम्रो फर्ममा रहेपनि युभेन्टसले घरेलु लिगमा सोचेअनुरुप प्रदर्शन गर्न सकेको छैन । हाल युभेन्टस शिर्ष स्थानमा रहेको एसी मिलान भन्दा १० अङ्कले पछि छ ।

-एजेन्सी


  • 2.1K
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *