निजामती कर्मचारीको सामूहिक दुर्घटना बीमा हुने

  • 1
    Share

काठमाडौं । सरकारले निजामती कर्मचारीको सामाजिक सुरक्षालाई ध्यानमा राखेर बीमा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिएर हालै सो प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको थियो ।
निजामती कर्मचारीलाई जीवनमा आउन सक्ने विभिन्न प्रकारका जोखिमको न्यूनीकरण गर्न मन्त्रालयले बीमाको तयारी अघि बढाएको थियो । राष्ट्रिय किताबखानाको विवरणअनुसार हाल नेपालमा निजामती सेवामा कार्यरत जनशक्ति समायोजनअघि करिब ८८ हजार रहेको छ ।
सबै स्वीकृत दरबन्दीअनुसारका कर्मचारीको ७ लाख रुपियां बराबरको बिमांक रकम कायम गरी सामूहिक दुर्घटना बीमा गर्दा राष्ट्रिय बीमा कम्पनी प्रस्तावको आधारमा नेपाल सरकारलाई प्रतिवर्ष १ करोड ६५ लाख २२ हजार ६ सय ९५ रुपिया थप आर्थिक दायित्व सिर्जना हुने मन्त्रालयले जनाएको छ ।
प्रदेश तथा स्थानीय तहका सम्पूर्ण कर्मचारीहरूको सम्बन्धित प्रदेश सरकार र स्थानीय तहको कोषबाट बेहोर्ने गरी समान बिमांक कायम गरी सामूहिक दुर्घटना बीमा गर्नुपर्ने सुझावसमेत पत्रमार्फत सामान्य प्रशासन मन्त्रालयले दिएको छ ।
राष्ट्रसेवक निजामती कर्मचारी (स्वास्थ्य तथा संसद् सेवासमेत), कर्मचारी समायोजन ऐन २०७५ बमोजिम निजामती कर्मचारीको सामूहिक दुर्घटना बीमा गर्न लागिएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।
मन्त्रालयका प्रवक्ता अधिकारीका अनुसार कर्मचारीमा आइपर्ने जोखिम न्यूनीकरण गर्न र जोखिम हस्तान्तरण गर्न बीमाले महत्वपूर्ण हुनेछ ।‘यसले ढुक्कका साथ कार्यक्षेत्रमा खटिन सहयोग पु¥याउने छ’ –उनले भने ।
कर्मचारीहरूमा कामप्रति उत्प्रेरित भई सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुने देखिएकाले सबै निजामती कर्मचारीको बीमा गर्नुपर्ने विषय अगाडी बढाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले ल्याउन लागेको बीमा योजनाअन्तर्गत दुर्घटना बीमा, जोखिम बीमा, सेवाको प्रकृति अनुसार, स्वास्थ्य बीमा, कडा रोग समेत, औषधोपचार बीमा, एकाघरका परिवारका लागि समेत वार्षिक ५० हजारदेखि १ लाखसम्मको औषधोपचार खर्च शोध भर्नालगायतका विषय रहेका छन् । नेपाल समाचारपत्रबाट


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *