चीनमा मानव तस्कर गरी फरार तामाङ पक्राउ

  • 18
    Shares

काठमाडौँ । चीनमा मानव तस्कर गरी फरार गरेको अभियोगमा ललितपुर पाटन बस्ने किरण तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले ५० वर्षीया महिलालाई चीनमा व्यापार तथा रोजगार गर्ने प्रलोभनमा पारी ललाई फकाई गैरकानूनी रुपमा चीन पुर्‍याएका थिए । मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुरकाे पाटन बस्दै आएका काभ्रेपलाञ्चोक रोशी गाउँपालिका ४ का ३२ वर्षीय किरण तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

तामाङले २०७६ पुस २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट आफूसँगै चीनको सान्तोङ्ग प्रान्त हच शहरको थाङलो टोलमा बस्ने ताम्पु थोङ भन्ने चिनियाँ नागरिकको घरमा पुर्‍याई बिक्री गरेका थिए । ताम्पुले ती महिलालाई शारीरिक र मानसिक यातना दिई बन्धक बनाई राखेको बेइिजङ्गस्थित नेपाली राजदूताबासबाट जानकारी पाएपछि प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोलगायत विभिन्न निकायको समन्वयमा उद्धार प्रक्रिया सुरु गरेको थियो ।

राजदूताबासले ती महिलाकाे उद्धार गरी सान्ताेङबाट बेइजिङ्ग, बेइजिङ्गबाट छाेङ्गछिङ्गहुँदै हिमालय एअरलाइन्सबाट करीब २ महिनअगाडि काठमाडाैँ पठाएकाे थियाे । नेपाल फर्की पीडितले दिएको जाहेरीको आधारमा उक्त व्यूरोबाट खटिएको प्रहरीले तामाङलाई काठमाडौं महानगरपालिका ३ सानेपाबाट पक्राउ गरेको जनाइएको छ ।

पीडित महिला अभियुक्त तामाङ्गकाे आफन्त भएकाे र थाङ्का बनाउने भन्दै चीन लगेकाे बताइएकाे छ । तामाङ उपर काठमाडौं जिल्ला अदालत काठमाडौँबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।


  • 18
    Shares

One thought on “चीनमा मानव तस्कर गरी फरार तामाङ पक्राउ

  1. कयौं चेलीबेटी बेचिएको मात्र देख्नु हुन्छ ।
    तर कयौ पुरुषहरु खाडीमा बेचिएको कोहि देखिदैँन । हे बावान् हाम्रो लागि कहिले सरकार ल्याउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *