क्रिस्टियानो रोनाल्डो शताब्दीकै उत्कृष्ट खेलाडी घोषित

  • 3.2K
    Shares

प्रज्जवल थापा । पोर्चुगल तथा युभेन्टसका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो ग्लोब सकर “प्लेयर अफ दि सेन्चुरी” घोषित भएका छन् । आइतबार बेलुकी दुबई स्थित बुर्ज खालिफामा सम्पन्न अवार्ड समारोहमा रोनाल्डो शताब्दीकै उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

यस अवार्डको लागि रोनाल्डोले बार्सिलोनाका मुख्य प्रतिस्पर्धी लियोनल मेस्सी सहित रोनाल्डिन्हो र मोहमद सलाहलाई पछि पारेका हुन् । यस अवार्डको लागि आयोजक ग्लोब सकरले विश्वभरका समर्थकबाट भोट लिएको थियो । उक्त भोटमा अगाडि रहेका रोनाल्डोले अफिसियलबाटपनि सार्वधिक भोट पाएपछि यस अवार्ड हात पारेका हुन् ।

सन् २००२ मा पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बोनबाट खेल्दै व्यवसायिक खेल जीवन शुरु गरेका रोनाल्डोले युरोपका विभिन्न तीन ठुला क्लब म्यान्चेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसबाट खेलिसकेका छन् । हाल रोनाल्डो इटालियन क्लब युभेन्टसमा आबद्व छन् । आफ्नो करियरमा रोनाल्डोले सात लिग जितिसकेका छन् भने पाँच च्याम्पियन्स लिग उपाधी आत्मसात गरेका छन् । यस्तै उनले चार फिफा क्लब विश्वकपपनि जितिसकेका छन् ।

३५ वर्षिय रोनाल्डोको कप्तानीमा पोर्चुगलले सन् २०१६ मा युरोकप जितेको थियो भने सन् २०१९ मा युईएफए नेसन्स लिगपनि आफ्नो पोल्टामा पारेको थियो ।


  • 3.2K
    Shares

One thought on “क्रिस्टियानो रोनाल्डो शताब्दीकै उत्कृष्ट खेलाडी घोषित

Leave a Reply

Your email address will not be published. Required fields are marked *