प्रज्जवल थापा । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पिएसजी) पराजित भएको छ । आइतबार राती भएको खेलमा पिएसजी घरेलु मैदानमा लियोनसँग १-० गोलले पराजित भएको हो ।
पहिलो हाफको ३५ औँ मिनेटमा टोको एकाम्बीको पासमा टिनो कडेवेरेले गोल गर्दै लियोनलाई खेलमा अगाडी बढाएका थिए । खेलमा पकड जमाएपनी पिएसजीले लियोनको पोस्टमा गतिलो प्रहार गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । घरेलुु लिगमा पिएसजीको यो चौथो हार हो ।

जितसँगै लियोन पिएसजीलाई उछिन्दै १४ खेलमा २९ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । पराजित पिएसजी २८ अङ्कको साथ तेस्रो स्थानमा झरेको छ ।
