घरेलु मैदानमा डर्टमण्डको लज्जास्पद हार

प्रज्जवल थापा । बोरुसिया डर्टमण्डले बुन्डेसलिगामा लज्जास्पद हार बेहोरेको छ । शनिबार बेलुकी घरेलु मैदानमा भएको खेलमा डर्टमण्ड स्टुटगार्टसँग ५-१ गोल अन्तरले पराजित भएको हो ।

सिग्नल इडुना पार्कमा भएको खेलमा स्टुटगार्टलाई जित दिलाउन सिलास वामान्गिटुका फुन्डुले दुई गोल गर्दा फिलिप फोर्स्टेर, टान्गुए कौलिबाले र निलोलस गोन्जालेजले समान एक-एक गोल गरे । डर्टमण्डको लागि गिओवान्नी रेयनाले गरेको गोल सान्त्वनामा सिमित रह्यो । खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । खेलको २६ औँ मिनेटमा वामान्गिटुका फुन्डुले पेनाल्टीमा गोल गर्दै स्टुटगार्टलाई अग्रता दिलाए । ३९ औँ मिनेटमा राफियल गुरेरोको पासमा रेयनाले गोल गर्दै डर्टमण्डलाई बराबरीमा ल्याए ।

तर पहिलो हाफमा एक गोल गरेको स्टुटगार्टले दोस्रो हाफमा थप चार गोल गर्यो । ५३ औँ मिनेटमा ओरेल मान्गालाको पासमा फुन्डुले व्यक्तिगत दोस्रो गोल गर्फै स्टुटगार्टलाई खेलमा अग्रता दिलाए । ६० औँ मिनेटमा बोर्ना सोसाको पासमा फिलिप फोर्सटेरले गोल गर्दै स्टुटगार्टको अग्रता दोब्बर बनाए । ६३ औँ मिनेटमा फुन्डुको पासमा टान्गुए कौलिबाले गोल गर्दै गोल गर्दा पाहुना टोली ४-१ गोलले अगाडी बढेको थियो ।

यस्तै दोस्रो हाफको अतिरिक्त समयमा ओरेल मान्गालाको पासमा निकोलस गोन्जालेजले गोल गर्दै स्टुटगार्टलाई ५-१ गोलको सानदार जित दिलाए । जितसँगै स्टुटगार्ट ११ खेलमा १७ अङ्क जोड्दै सातौँ स्थानमा उक्लिएको छ । पराजित बोरुसिया डर्टमण्ड ११ खेलमा १९ अङ्क जोड्दै पाँचौ स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *