टोटेन्हाम युरोपा लिगको नकआउट चरणमा

प्रज्जवल थापा । टोटेन्हाम युईएफए युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राती भएको खेलमा टोटेन्हामले रोयल एन्टवेर्पलाई २-० गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा लगातार आक्रमण गरेपनी टोटेन्हामले गोलको लागि दोस्रो हाफसम्म कुर्नुपरेको थियो । खेलको ५७ औँ मिनेटमा गारेथ बेलको पासमा भिनिसियसले गोल गर्दै टोटेन्हामलाई खेलमा अगाडी बढाएका थिए । ७१ औँ मिनेटमा ह्यारी केनको पासमा लो सेल्सोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

बल पोजिसनमा पकड जमाएको एन्टवेर्पले टोटेन्हामको पोस्टमा एउटा सटपनि प्रहार गर्न सकेन । बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि टोटेन्हाम २-० गोलले विजयी भएको हो ।

जितसँगै टोटेन्हाम ६ खेलमा १३ अङ्क जोड्दै शिर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको छ । हारका बाबजुद एन्टवेर्प ६ खेलमा १२ अङ्क जोड्दै अन्तिम ३२ मा प्रवेश गर्यो । समुहको अर्को खेलमा लास्कले लुडोगोरेट्सलाई ३-१ गोल अन्तरले पराजित गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *