USAID

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप चार जनाको मृत्यु भएको छ । कास्कीमा तीन र तनहुँमा १ गरी थप चार जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १० का ८१ वर्षीय पुरुष, वडा नम्बर १३ का ५१ वर्षीय पुरुष, वडा नम्बर ७ का ६५ वर्षीय पुरुष र तनहुँको शुक्लगण्डकी नगरपालिका वडा नम्बर ८ का ७४ वर्षीय पुरुष छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *