थप १३८२ जनालाई कोरोना संक्रमण, २३ जनाको मृत्यु, १६२१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १३८२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३८२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३३७७ पुगेको छ ।

त्यसैगरी थप १६२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २२९०५४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १६३७ पुगेको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ५२३ जना रहेका छन् भने आइसोलेसनामा १२६८६ सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *