USAID

सर्लाहीमा आगलागीबाट १२ लाख रुपैयाँ बराबरको क्षति

  • 2
    Shares

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकामा गएराति विद्युतको तार सर्ट भई आगलगी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । विष्णु–२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गए राति करिब ११ बजेको समयमा आगलगी हुँदा उक्त क्षति भएको सर्लाही प्रहरीले जनाएको छ ।

आगलगीबाट घरमा भएको लताकपडा, अन्नपात र घर बनाउने सेन्ट्रीको सामानलगायतका सामान जलेर १२ लाख रुपैयाँ बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले बताए ।


  • 2
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *