विश्वमा ४ करोड ७० लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड ७० लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख २८ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ४ करोड ७० लाख ७ हजार २८४ जना संक्रमणमुक्त भएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ४९ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएको छ ।

योसँगै संक्रमितको संख्या ६ करोड ७९ लाख ३४ हजार ९३९ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ८ हजार ५२८ जनाको मृत्यु भएसँगै हालसम्म १५ लाख ५० हजार १६९ जनाको मृत्यु भएको छ । हाल विश्वभर १ करोड ९३ लाख ७७ हजार ४८६ जना सक्रिय संक्रमित छन् भने एक लाख ६ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ५३ लाख ६९ हजार ४६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८९ लाख ८२ हजार २४६ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ९० हजार नाघेको छ । त्यसैगरी, भारतमा सक्रमितको संख्या ९७ लाख ३ हजार ९०८ पुगेको छ । संक्रमितमध्ये एक लाख ४० हजार बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९१ लाख ७७ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६६ लाख २८ हजार नाघेको छ भने १ लाख ७७ हजार ३८८ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५८ लाख भन्दा बढी निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *