आज बार्सिलोना र युभेन्टस भिड्दै, दुई वर्षपछि मेस्सी र रोनाल्डो आमनेसामने हुँदै

प्रज्जवल थापा । विश्व फूटबलका दुई महान खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुई वर्षपछी आमनेसामने हुँदै छन् । युईएफए च्याम्पियन्स लिग अन्तर्गत आज हुने समुहचरणको अन्तिम खेलमा बार्सिलोना र युभेन्टस भिड्दा दुई खेलाडी फेरि एक पटक एकसाथ मैदानमा दिखिने छन् । क्याप नोउमा हुने खेल नेपाली समय अनुसार राती १:४५ बजे शुरु हुनेछ ।

यस समुह’जी’ बाट बार्सिलोना र युभेन्टस नकआउट चराणमा प्रवेश गरिसकेका छन् । घरेलु मैदानमा हुने खेल जित्दै बार्सिलोना अपराजित रहेर नकआउट चरणमा पुग्न चाहन्छ । हाल बार्सिलोना दोस्रो स्थानमा रहेको युभेन्टस भन्दा ३ अङ्कले अघि छ । अक्टोबरमा भएको खेलमा बार्सिलोनाले युभेन्टसलाई उसकै घरेलु मैदानमा २-० गोल अन्तरले पराजित गरेको थियो ।

च्याम्पियन्स लिगमा सानदार प्रदर्शन गरेको बार्सिलोनाले घरेलु लिगमा गतिलो प्रदर्शन गर्न सकेको छैन । गत शनिबार भएको खेलमा बार्सिलोना काडिजसँग २-१ गोल अन्तरले पराजित भएको थियो । हाल ला लिगामा बार्सिलोना १० खेलमा १४ अङ्क जोड्दै लिगको दसौं स्थानमा छ । बार्सिलोना च्याम्पियन्स लिगको समुहचरणमा सन् २०१७ देखि अपराजित छ र घरेलु मैदानमा बार्सिलोना ३८ खेल देखि अपराजित छ ।

यता नकआउट चरणमा प्रवेश गरिसकेको युभेन्टस हाल ५ खेलमा १२ अङ्क जोड्दै समुहको दोस्रो स्थानमा छ । अघिल्लो खेलमा ड्यानामो किभलाई ३-० गोल अन्तरले पराजित गरेको युभेन्टस आजको खेलमापनी त्यही लयलाई निरन्तरता दिन चाहन्छ । दुई पटकको च्याम्पियन्स लिग विजेता युभेन्टसले सन् २०१७ यता बार्सिलोनालाई पराजित गर्न सकेको छैन । कोरोना भाइरसको कारण पहिलो खेल गुमाएका सुपरस्टार क्रिस्टियानो रोनाल्डो आजको खेलमा भने उपस्तिथि हुनेछन् ।

रोनाल्डो भर्सेस मेस्सी

सन् २०१८ पछि पहिलो पटक क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी आमनेसामने हुदैछन् । रोनाल्डोले रियल म्याड्रिड छोडेपछि दुई खेलाडी पहिलो पटक भिड्न लागेका हुन् । यी दुई खेलाडीले गएको १२ वर्षदेखि विश्व फूटबलमा एकछत्र राज गरिराखेका छन् । त्यसैले आजको खेल रोनाल्डो भर्सेस मेस्सी भन्दा फरक पर्नेछैन ।

बार्सिलोनाका स्टार लियोनल मेस्सी र पूर्व रियल म्याड्रिड र म्यान्चेस्टर युनाइटेडका फरवार्ड क्रिस्ट्यानो रोनान्डोले हालसम्म कुल ११ बेलन डर जितेका छन् भने सबै प्रतियोगितामा गरि ३५ पटक आमनेसामने भएका छन् । त्यसमा मेस्सीले २२ गोल गर्दै १६ खेल जितेका छन् भने रोनाल्डोले १९ गोल गर्दै १० खेल जितेका छन् ।

तर क्रिस्ट्यानो रोनाल्डोले ५ पटक च्याम्पियन्स लिगको उपाधि जित्दा मेस्सीले चार पटक उपाधि जितेका छन् । रोनाल्डो च्याम्पियन्स लिग इतिहासका सार्वधिक गोलकर्ता पनि हुन् । उनले हालसम्म १३३ गोल गरेका छन् भने मेस्सीले ११८ गोल गरेका छन् ।

हालसम्म यी दुई खेलाडी च्याम्पियन्स लिगमा पाँच पटक भिडेका छन् । त्यसमा २ खेल मेस्सीले आफ्नो पोल्टामा पारेका छन् भने १ खेल रोनाल्डोले जित्दा दुई खेल बराबरीमा सकिएको छ ।

पछिल्लो पाँच च्याम्पियन्स लिगको नजिता

• बार्सिलोना ०-० म्यान्चेस्टर युनाइटेड (२००७-०८ सेमिफाइनल पहिलो लेग)
म्यान्चेस्टर युनाइटेड १-० बार्सिलोना (२००७-०८ सेमिफाइनल दोस्रो लेग)
बार्सिलोना २-० म्यान्चेस्टर युनाइटेड (२००८-०९ फाइनल)
• रियल म्याड्रिड ०-२ बार्सिलोना (२०१०-११ सेमिफाइनल पहिलो लेग)
• बार्सिलोना १-१ रियल म्याड्रिड (२०१०-११ सेमिफाइनल दोस्रो लेग)

Leave a Reply

Your email address will not be published. Required fields are marked *