श्रीमानको दुर्घटनामा मृत्यु भएपछि विदेशमा श्रीमतीले गरिन आत्महत्या

दोलखा। नेपालमा आफ्नो श्रीमानको दुर्घटनामा परेर मृत्यु भएको खबर थाहा पाए लगतै साइप्रसमा एक युवतीले आत्माहत्या गरेकी छन् ।
आईतवार दोलखाको विगु गाँउपालिका ५ लाईसेफमा बोलेरो दुर्घटनामा परेर चालक दोलखाकै गौरीशङ्कर गाँउपालिका ८ खारेका २४ बर्षिय सुबिन तामाङको मृत्यु भएको थियो ।
श्रीमानको मृत्यु भएको खबर पाएलगतै साईप्रसको लार्नाकामा घरेलु कामदारको रुपमा रहेकी २३ बर्षीया सुक्री तमाङले आत्महत्या गरेको नेपाली कन्सुलेट निकोसियाले जानकारी दिएका छन ।
सुक्रीले टिकटमा श्रीमानको फोटो र ससुरासंग कुरा गरेको आवाज राखेर आमा, बुबा र सासु ससुरासंग माफी माग्दै आफु पनि आफ्नो मुटुसंगै जान लागेको लेखेकी थिईन् ।
दोलखाकै विगु गाँउपालिकाको लादुक माईत भएकी तमाङले तीन बर्ष अघि सुबिनसंग विवाह गरेकी थिईन् । उनी एक बर्ष अघि घरेलु कामदारको रुपमा साईप्रस पुगेको उनका आफन्तले बताएका छन् । श्रीमानको मृत्यु भएको खबर पछि सुक्रीले घरमा सासु, ससुरा लगायत आफन्तसंग फोन गरेर आफुपनि सुबिनसंगै जाने भन्दै पीडा पोखेकी थिईन् ।
आईतवार दोलखा विगु गाँउपालिकाको ठाक्रेबोटबाट सिंगटी आउदै गरेको बा २० च ४३७३ नम्बरको बोलेरो लाईसेफको जङ्गलमा सडकबाट झण्डै एक सय ५० मीटर तल खसेर दुर्घटना हुदा सुबिन तमाङको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *