नेकपा विवादः ओली–प्रचण्ड मिलाउन नेताहरुको दौडधुप

 

काठमाडौं । पाटी भित्रको विवाद उत्कर्षमा पुगेसँगै सचिवालयमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकमा पेश भएको छ ।
दुवै अध्यक्षको प्रतिवेदन अध्ययन गर्न स्थायी समिति सदस्यलाई सात दिनको समय दिएर शीर्ष तहमा भने सहमतिको खोजी सुरु भएको छ ।
दोस्रो तहका नेताहरु पार्टी भित्रजारी आन्तरिक विवाद समाधान गर्न अध्यक्ष ओली–प्रचण्डबीचमा संवाद गराउने गृहकार्यमा जुटेका छन् । प्रतिवेदन अध्ययन गर्न सात दिनको समय दिएर यसबीचमा सहमतिको प्रयास अगाडि बढेको छ ।
स्थायी समिति बैठकमा अध्यक्ष ओली सहभागी नभए पनि पत्र मार्फत बैठकलाई सम्बोधन गरेसँगै बैठकले वैधानिकता पाइसकेको छ । यही मंसिर २८ गतेबाट स्थायी समिति बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम सुरु हुने छ ।
नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्र देखा परेको समस्या समाधान हुने बताउछन । स्थायी समितिको बैठकमा बहुमत सदस्यहरुको भनाईलाई आधार बनाएर निष्कर्ष निकालिने बताउदै उहाँले विवाद समाधानकालागि बैठकले निर्णायक भूमिका निर्वाह गर्ने उनांले वताए।
सोमवार मात्र देवेन्द्र पौडेल सहितका नेताहरुले शीर्ष नेताहरुसँग भेटवार्ता गरेर जारी विवादको निकास निकाल्न भूमिका खेल्न आग्रह गरेका छन् । स्थायी समिति बैठकलाई सम्बोधन गर्दै लेखेको पत्रमा अध्यक्ष ओलीले गत भदौ २६ गते स्थायी समिति बैठकले गरेको निर्णय कार्यान्वयन गरेर जान आफू तयार रहेको दोहो¥याउनु भएको छ । तर उक्त निर्णय कार्यान्वयन नभएकै कारण पार्टीभित्र समस्या एकपछि अर्को गर्दै थपिदै गएको स्थायी समितिका सदस्यहरुलाई प्रचण्डले जानकारी गराएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *