USAID

थप १०१४ जनामा कोरोना संक्रमण, १६२८ जना संक्रमणमुक्त, २० जनाको मृत्यु


काठमाडौं । नेपालमा थप १०१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०१४ जनामा संक्रमण पुष्टि भएको छ योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४१९९५ पुगेको छ ।

त्यसैगरी सोमबार थप १६२८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २२७४३३ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना सक्रमणबाट मृत्यु हुनेको संख्या १६१४ पुगेको छ । क्वारेन्टाइनमा ५२७ जना रहेका छन् भने आइसोलेसनमा १२९४८ जना सक्रिय संक्रमित रहेका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *