USAID

इयूको पछिल्लो प्रतिवेदनमा नेपालको हवाई उड्डयनलाई कालोसूचीबाट हटाउने संकेत प्राप्तः मन्त्री भट्टराई


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपियन युनियनको पछिल्लो प्रतिवेदनमा नेपालको हवाई उड्डयनलाई कालोसूचीबाट हटाउने संकेत प्राप्त भएको बताएका छन् ।

सोमबार ७६ औं अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा अन्तर्राष्ट्रिय बिमानस्थलमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले युरोपियन युनियनले नेपालको उडानक्षेत्रको बारेमा सार्वजनिक गरेको प्रतिवेदनले सकारात्मक सन्देश प्राप्त भएको बताएका हुन् ।

नेपालका पछिल्ला प्रयत्नहरुबाट युरोपियन युनियन उत्साहित बनेको भन्दै उनले नेपालको हवाई उड्डयनलाई गरेको मूल्याङ्कन सकारात्मक भएको बताएको उल्लेख गरे ।

भट्टराईले सरोकारवाला सवै निकायको मेहनतकै कारण नेपालको हवाई उड्डयन क्षेत्रमा सुधार भएको बताए । उनले नागरिक उड्डयन क्षेत्रमा संगठनात्मक पुनःसंरचना गर्नका ड्राफ्ट भएको कानून संसदमा रहेको भन्दै संसद चल्नेबितिकै पारित हुने विश्वास व्यक्त गरे ।

मन्त्री भट्टराईले कोरोनाका कारण अन्य देशका बिमानस्थल बन्द भएपनि नेपालको बिमानस्थल भने सधैं खुल्ला हुनु खुसीको कुरा भएको तर्क गरे । उनले नेपालको ध्वजाबाहक बिमानले अष्ट्रेलियाको उडान गरेको भन्दै अब कुनै पनि देशको आकाशमा नेपाल प्रतिबन्धित हुनुपर्ने कुनै कारण नरहेको बताए ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *